नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)

२१ मंसिर २०८०/डिकेश लामा

एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेको छ । सरकारले विभिन्न आर्थिक बर्षमा गरी झण्डै २ करोड बढी अनुदानमा निर्माण भएको भौतिक पूर्वाधारसँगै कृषि क्षेत्रको विकासले कृषि पर्यटकलाई तान्न थालेको छ ।

४ बर्ष अघि यो स्थानमा खेतका गराहरु मात्र थिए । तर यतिखेर आकार्षक नमूना पाहुना घर निर्माण भएको छ । नमूना एकिकृत खेतीले २५ बर्षे रणनीति बनाएर कृषिमा हाइव्रिड विऊ उत्पादनसँगै यान्त्रिकरणमा काम गर्न थाले पछि अहिले नेपालका पश्चिम महाकाली देखिका कृषकहरु पर्यटक बनेर हेर्न आउन थालेका छन् । स्थानीय अगुवा युवराज भट्टराईका अनुसार ३० साल अघिसम्म गाइ चरन भएको सो क्षेत्रमा धान खेती हुँदै आएको थियो । अहिले नमूना खेती हेर्न गाडीका गाडी मानिसहरु पश्चिम महाकालीबाट समेत आउन थालेको उहाँले बताउनु भयो । यस्तै गौरादह नगरपालिका वडा नं. ७ का रामचन्द्र पोखरेलका अनुसार नमूना खेती गौरादहका लागि मात्र नभएर अहिले पूर्व क्षेत्रका धेरै क्षेत्रका मानिसका लागि नमूना पर्यटकीय क्षेत्र बनेको छ । पछिल्लो समय माछा पोखरी, आकार्षक पाहुना घर, विभिन्न प्रजातिका हाइव्रिड खेती, अर्गानिक खेती र विभिन्न लघु उद्यमले गर्दा धेरै आकार्षक बनेको उहाँले बताउनु भयो ।

आर्थिक बर्ष २०७५/७६ मा सरकारले एक सय स्थान पर्यटकीय क्षेत्र घोषणा गर्ने क्रममा गौरादहको सामुहिक खेतीलाई कृषि पर्यटकको रुपमा सूचिकृत गरेको हो । सरकारको सहयोगमा ७० जना किसानको ८४ विगाह जमिनमा थालिएको सामुहिक खेती आकार्षणको केन्द्र बन्न थालेको छ । पछिल्लो समय पर्यटक देखि स्थानीय कार्याक्रमको जमघट समेत पाहुना घरमा हुन थालेको खेतीका अध्यक्ष वेदनिधी चापागाईंले बताउनु भयो । पछिल्लो समय विवाह, वर्तमन, धार्मिक लगायत अन्य स्थानीय कार्यक्रम समेत हुन थाले पछि कृषि पर्यटनमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको उहाँले बताउनु भयो ।

नमूना खेतीले हाइव्रिड मकै, धान, गहुँ, घाँस देखि तरकारीबालीको उन्नत विऊ उत्पादन गर्दै आएको छ । कोशी प्रदेशमै बृहतरुपमा हाइव्रिड विऊ उत्पादनमा सफल बन्दै गएको यस प्रकारको खेती नेपालका अन्य क्षेत्रमा समेत विस्तार गर्नु पर्ने खेतीका संस्थापक सदस्य पूर्व महान्यायाधिबक्ता अग्नि प्रसाद खरेलले बताउनु भयो । संविधानसभा सदस्य पूर्व कानुन मन्त्री समेत रहनु भएका खरेलका अनुसार तत्काल सरकारले सय गन्तव्य छनौट गर्दा आफ्नो पहलमा सूचिकृत गरी सरकारको अनुदान पारेर थालिएको कामले अहिले सार्थकता दिएको छ । अव यस्तै नमूना नेपालका विभिन्न भागमा संचालन गर्न सकिए कृषि क्षेत्रको विकासले देशको समृद्धि हासिल गर्न सकिने उहाँले बताउनु भयो ।

default

ग्रामिण क्षेत्रको मुख्य पेशा नै कृषि भए पनि यसलाई पर्यटनसँग जोड्ने कार्य भने न्यून छ । तर पछिल्लो समय आएर सरकारको सहयोगमा कृषि पर्यटकीय क्षेत्र बनाइएको गौरादहको नमूना खेती पर्यटकहरुको रोजाइमा पर्न थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे
Next post औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या