स्थानीय सरकार सक्षम बनाउन अष्ट्रेलियाको सहयोगको दुई दिने कार्याक्रम शुरु (फाेटाे फिचर)

२८ मंसीर २०८०/सारासन्देश समाचार
स्थानीय सरकारमा दिइएको अधिकार कार्यान्वयन गर्न नसकेको र भ्रष्टचार भएको भन्ने आरोपलाई चिरफार गर्नु पर्नेमा जोड दिइएको छ । सातै प्रदेशका ७ पालिकाबीच दुई दिने स्थानीय सरकार सवलीकरण कार्याक्रमको उद्घाटनमा बोल्ने बक्ताहरुले जनप्रतिनिधिहरु सक्षम हुनु पर्ने बताएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले ७५३ वटा स्थानीय सरकारबीच असल अभ्यास आदानप्रदान गर्न सके सुशासन स्थापनामा टेवा पुग्ने बताउनु भएको छ । त्यसका लागि अष्ट्रेलियन सरकार तयार रहेको बताउनु भयो ।


एशिया फाउण्डेशन र दमक नगरपालिकाको संयोजनमा आज झापाको दमकमा भएको कार्याक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुङ्गगानाले स्थानीय सरकारको विकासमा जनप्रतिनिधि सक्षम नबने संघीयता कार्यान्वयनमा चुनौती आउने बताउनु भयो । उहाँले केही देशमा संघीयता नरुचाउने तत्वहरुले लामो संघर्ष पछि प्राप्त संघात्मक राज्य व्यवस्था कम्जोर बनाउन खोजेको बताउनु भयो ।
यस्तै कार्याक्रममा प्रदेशसभा सांसद होमबहादुर थापाले दमक नगरपालिकाले केही नमूना कार्य गरेको बताउनु भयो । उहाँले दमकमा निर्माणधीन भ्यूटावर, नमूना सुकुम्बासी बस्ती र धिमाल संग्रालय जस्ता कार्य दमक नगरपालिकाको नमूना कार्य भएको बताउनु भयो ।


यस्तै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको सभापतित्वमा भएको कार्याक्रममा एशियन फाउण्डेशनकी प्रतिनिधि मेघन नाल्बोले ७ वटा पालिकाको दुई दिने कार्याक्रम केही नयाँ र समृद्धि समाज निर्माणबारे चर्चा गरिने बताउनु भयो । यसका लागि असल अभ्यासबारे आदान प्रदान गरेर सुशासन स्थापनामा उर्जा मिल्ने बताउनु भयो ।  कार्याक्रममा ७ प्रदेशका तान्सेन, टिकापुर, वालिङ, मिथिला, विरेन्द्रनगर, भिमेश्वर र दमकबीच सुशासन र सवलीकरणको विषयमा २ दिन अन्तकृया हुनेछ ।


स्थानीय सरकारलाई सक्षम बनाउन अष्ट्रलियाले अंग्रेजी बर्ष २०१७ देखि १० बर्षे परियोजनामा झण्डै ७ अर्व बजेट खर्च गर्दैछ । कार्याक्रमले स्थानीय सरकारमा सुशासन स्थानपना र महिला तथा सिमान्तकृत समूदायको पहुँच स्थापनामा जोड दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाराको सिम्रौनगढमा कर्मचारी विवादकाे झडपमा १ जनाको मृत्यु, १० जना प्रहरी घाइते
Next post शरणार्थी प्रकरणमा आरोपित पूर्वमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश