शरणार्थी प्रकरणमा आरोपित पूर्वमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

२८ मंसिर २०८०, काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा आरोपित पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

यसअघि नै उच्च अदालतका न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैँया धरौटीमा छाड्न दिएको रायलाई न्यायाधीश कोइरालाले समर्थन गरेपछि जिल्ला अदालतको आदेश बदर भएको छ । खाँणको विषयमा यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिनुभएको थियो भने अर्का न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय दिनुभएको थियो ।

दुई न्यायाधीशबीच राय बाझिएपछि उच्च अदालतले खाँणको विषयमा तेश्रो बेञ्चबाट आदेश गराउने फैसला गरेको थियो । यस अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १० जना धराैटी र विना धराैटी छाडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय सरकार सक्षम बनाउन अष्ट्रेलियाको सहयोगको दुई दिने कार्याक्रम शुरु (फाेटाे फिचर)
Next post झापामा हात्ती मृत फेलाः करेन्ट लागेकाे आशंका