झापामा एकै दिन ३ जनाकाे लाश फेला

१९ पुष २०८०,झापा– झापामा एकैदिन आज तीन जना मृत फेला परेका छन् । दुईजना झुन्डिएको अबस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् ।आज बिहान ६.३० बजे बिर्तामोड -६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नं ८ जीतपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अबस्थामा फेला परेका हुन् । रुखमा सलको पासो लगाई उनी झुन्डिएको अबस्थामा फेला इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । तामाङ विगत ४ दिनअघि घरबाट हिडेका थिए ।

फायल फाेटाे

यसैगरी आज बिहान ११ः३० बजेको झापा गाउँपालिका -३ गैरिगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुण्डिएकी छन् । आफन्तले देखेर तत्काल पासो खोली भुँईमा झारेकोमा उनको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै शिबसताक्षी -१० स्थित वाणिज्य संघको निर्माणाधिन भवनभित्र मागी खाई हिड्ने पुरुष मृत फेला परेका छन् । मृतक धरान -६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाईएको जनाइएको छ । झापा जिल्लामा पछिल्लाे समय आत्मा हत्याकाे घटना बढ्दै गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आत्मा हत्या हुनेमा अधिक मात्रमा लागु अैाषध प्रयाेगका काराण हुने गरेकाे पाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा यान्त्रिकरणले किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
Next post छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल (फाेटाे फिचर)