झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)

६ माघ २०८०/बालदिवश तामाङ

झापा जिल्लामा व्यवसायिक खेती गर्दै आएका युवाहरुले बार्षिक रुपमा कागती विक्रीबाट १५ देखि २० लाख रुपयाँसम्म आम्दानी गर्दै आएका छन् । ५ बर्ष अघि देखि कागती खेती थालेका यूवाहरुले पछिल्लो समय आएर राम्रो आम्दानी समेत लिन सफल बनेका हुन् । यस्तै एक उदाहरण मध्ये यस बर्ष झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा रहेको फाल्गुनन्द कृषि फार्मले कागती मात्रै १५ लाख बढी मुल्यको विक्री गर्न सफल भएको छ । मेहनत गर्दा तराईको खेतबारीमा पनि कागतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण फाल्गुनन्द कृषि फार्मले देखाएको छ ।

कृषिमा उदाहरणीय कार्य गरेर देखाउँछु भन्दै आउनु भएका शिवसताक्षी नगरपालिका बस्ने मदन बेघाको ७ महिना अघि कृषि फार्ममै आवात जावात गर्नेक्रममा सुरुङ्गामा सडक दुघर्टनामा मृत्यु भयो । उहाँको मृत्यु भए पनि उहाँले झण्डै ३५ विगाह क्षेत्रमा थालेको कृषि फार्ममा लगाएको झण्डै ५ विगाह क्षेत्रफलको कागतीले यो बर्ष १५ लाख बढी आम्दानी लिन सफल भएको खेतीका मेनेजर छोटुभाइले बताउनु भयो ।

फाल्गुनन्द कृषि फार्म जस्तै जिल्लामा केही बर्ष यता व्यवसायिकरुपमा कागती खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । तर भारतबाट अधिक मात्रमा कागती आयात हुने भएकाले नेपालमा उत्पादन हुने कागतीले उचित मुल्य र बजार पाउन नसकेको मेची नगरनगरपालिका वडा नं. ११ मा ७ विगाह क्षेत्रमा कागती खेती गर्दै आउनु भएका चन्द्र पौडेलले बताउनु भयो । त्यसो त पौडेलले पनि बार्षिक रुपमा १५ देखि २० लाख बढी मुल्यको कागती विक्री गर्दै आउनु भएको छ । बजारमा विक्री हुने मुल्य महँगो भए पनि विच्यौला व्यापारीले सस्तो दाम लगाउनाले व्यवसायिकरुपमा खेती गर्ने किसानले भने उचित मुल्य पाउन नसकेको उहाँको अनुभव रहेको छ ।

कागती खेतीमा प्रोत्साहन गर्न टेका, बार र सिंचाईमा समेत यस अघि २४ लाख रुपयाँको अनुदान उपलव्ध गराइएको छ । झापा जिल्लामा सुन कागती प्रजातिको कागती राम्रो उत्पादन हुने भएकाले यसको बजार पनि राम्रो रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । तर पछिल्लो समय बजार भए पनि किसानले उचित मुल्य पाउन सकेका छ्रैनन् । यस अघि क्षेत्र विस्तारमा समेत अनुदानका कार्याक्रम संचालन भएको थियो । अव भएका बगानको कसरी विकास गर्ने र उचित बजार कायाम गर्ने तर्फ ध्यान दिनु पर्ने अवस्था सृजना भएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा ४ बर्ष अघिसम्म ८५ हेक्टर क्षेत्रफलमा मात्र कागती खेती भएको थियो । तर पछिल्लो समय कागतीमा किसानको आकार्षण बढ्दै जान थाले पछि २ सय हेक्टर हाराहारीमा खेती हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड
Next post न्युजील्यान्डले नेपाललाई दियो ३ सय ३ रनको विशाल लक्ष्य