
२६ फाल्गुन २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा बुधबार ६३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । यस्तै १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, मुलुकभर ९ सय ११ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३ हजार ४ सय ३८ पीसीआर परीक्षण भएका छन् ।