झापाकाे सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीकाे पैदल यात्रा शुरू (फाेटाे फिचर)

७ चैत्र २०८०/झापा
सीमावासीसँग सशस्त्र प्रहरी अभियानका लागि झापाका आज देखि पैदल यात्रा शुरु गरिएको छ । जिल्लाको १ सय ४४ किलो मिटर खुल्ला सिमानामा सुरक्षा र अपराधजन्य कृयाकलाप नियन्त्रण टेवा पुगोस् भन्ने ध्येयले पैदल यात्रा थालिएको सशस्त्र प्रहरी बल नेपाल गण नं. २ झापाका गणपति सशस्त्र प्रहरी उपरिक्षक कविन्द्र राईले बताउनु भयो । संगठनको २३ औं स्थापना दिवशको अवसरमा नेपाल भारत सीमाको सीमा स्तम्भ नं. ९१/१ धनकुटे बस्तीबाट थालिएको पैदल यात्रा ४ भागमा विभाजन गरी चैत्र महिनाभरमा सम्पन्न गरिने जनाइएको छ ।

सीमानाको सुरक्षा केवल भौगोलिक रेखा र क्षेत्रको मात्र सुरक्षा नभई अन्तरसीमा अपराध नियन्त्रण, सीमानामा रहेका जनताहरुसँग समन्वय र सहकार्य पनि अन्तरसम्बन्धित रहेको हुन्छ । झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने र हुन सक्ने अवैध गतिविधिहरु र सो को नियन्त्रणमा नागरिक र सुरक्षाकर्मीहरुको भूमिका अन्तरसम्वन्धका विविध विषयमा अन्तरक्रिया गरी स्थानिय जनताहरुको समस्या तथा गुनासोहरुको जानकारी लिई नागरिक र सुरक्षाकर्मीविच सकारात्मक सम्वन्ध स्थापित गर्नु यो संयुक्त पैदल यात्राको उद्देश्य रहेको बताइएकाे छ ।

कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिकाका उप-प्रमुख मिना कुमारी पोख्रेल (उप्रेती)  जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक, मेची उद्मोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यवसायीहरु, पत्रकार तथा  स्थानीय बासिन्दाकाे उपस्थिति रहेको छ ।
यात्राको अवधिमा सीमा क्षेत्रका बस्तीमा सीमा सुरक्षामा के कस्ता कार्य गर्ने विषयमा अन्तकृया समेत गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा यो बर्ष झण्डै २ हजार हेक्टर क्षेत्रफल बढी चैते धान खेती हुने (फाेटाे फिचर)
Next post टमाटर खेतीबाट राम्रो आम्दानीः १० कठ्ठामा ७ लाखको कारोवार (फाेटाे फिचर)