टमाटर खेतीबाट राम्रो आम्दानीः १० कठ्ठामा ७ लाखको कारोवार (फाेटाे फिचर)

८ चैत्र २०८०/डिकेश लामा

टमाटरको मुल्य उच्च भए पछि यस बर्ष झापाका किसानले राम्रो मुनाफा कमाउन सफल भएका छन् । उचित मल, विऊ र बजार पाउने हो भने स्वदेशमै पनि विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहारण टमाटर खेतीमा लागेका किसानले देखाएका छन् । गर्दा स्वदेशमै हुन्छ भन्ने उदाहरण दमक वडा नं. १० का किसानले देखाएका छन् ।

झापाको दमक वडा नं. १० का किसान तिर्थ चम्लागाँईले यो बर्ष टमाटर विक्रीबाट राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । १० कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर खेतीबाट ७ लाख रुपयाँको कारोबार गर्नु भएको छ । चम्लागाँईका अनुसार खेती गरेको ३ देखि ४ महिनासम्म मेहनेत गरेर काम गर्ने हो भने महिनाको एक लाख भन्दा धेरै गाउँघरमै बसेर कमाउन सकिन्छ ।

चम्लागाँईं जस्तै यो बर्ष जिल्लामा टमाटर खेती गर्ने किसानले राम्रो मुल्य पाएका छन् । गत बर्ष २० देखि २५ रुपयाँ मुल्य पाएका किसानले यो बर्ष ३५ रुपयाँ केजी टमाटर खेतीबाटै विक्री गर्न पाएको शिक्षणसँगै कृषि पेशामा लाग्नु भएका सर्वकुमार कार्कीले बताउनु भयो । स्थानीय विद्यालयमा शिक्षण समेत गर्दै आउनु भएका कार्कीले पाउने ३ कठ्ठा क्षेत्रमा लगाएको टमाटरबाट यो बर्ष ३ लाख बढी आम्दानी गर्नु भएको छ ।

गर्दा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पछिल्लो समय कृषि क्षेत्रमा लागेका झापाका युवाहरुले देखाएका छन् । सरकारले मल, उन्नत विऊ र बजार सुनिश्चित गर्ने हो भने देशमै बसेर राम्रो आम्दानी गर्न सकिने युवाहरुको ठम्याई छ ।

झापा जिल्ला कोशी प्रदेशमै सवै भन्दा धेरै टमाटर खेती हुने जिल्ला हो । अघिल्लो बर्ष झण्डै साढे १ हजार हेक्टर क्षेत्रफलमा भएको खेतीबाट किसानले ८० करोड रुपयाँ मुल्य बरावरको टमाटर उत्पादन तथा कारोवार गरेको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाकाे सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीकाे पैदल यात्रा शुरू (फाेटाे फिचर)
Next post कमलमा कृषि प्रदर्शनी कार्याक्रमः मेशिनबाट धान रोपाईं बर्षेनी बढ्दै (फाेटाे फिचर)