
मेची भन्सारमा आयात घट्दैः २ महिनामा २ अर्व ४२ करोड असुली
४ अशोज २०८१/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट यो बर्ष लक्ष्य घटाइए पनि लक्षित राजश्व संकलन हुन सकेको छैन । चालु आर्थिक बर्ष अघिल्लो बर्षको तुलनामा ३ अर्व थोरै १७ अर्व ३४ करोड ४६ लाख रहेको छ ।
गएको साउन र भदौ महिनामा ८९ दशमलम ५ प्रतिशत राजश्व असुली भएको मेची भन्सार कार्यालय झापाका सुचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो । कडेलका अनुसार गएको दुई महिनामा पनि २ अर्व ७० करोड उठाउनु पर्नेमा २ अर्व ४२ करोड असुली भएको छ । लक्ष्य प्राप्तीमा घट्दै गएको छ ।
गत आर्थिक बर्षमा पनि मेची भन्सार कार्यालयबाट ७७ दशमलव ९५ प्रतिशत मात्र राजश्व असुली भएको थियो । मेची भन्सार नाका भएर सवै भन्दा धेरै पेट्रोलिय पदार्थको आयात हुने गर्दछ । यसैगरी लता कपडा, मेशिनरी सामान, केमिकल्स, खाद्यन्य लगायत बस्तु आयात हुने गर्दछ ।
तर यता मेची भन्सार नाका भएर नेपालमै सवैभन्दा धेरै कृषिजन्य सामान निकासी हुने गर्दछ । कुचो, अलैंची, चिया, प्याइउड लगायत कृषिजन्य सामाग्री निर्यात हुने गर्दछ । गत बर्ष मेची भन्सारबाट झण्डै २२ अर्व मुल्यको १० प्रकारका सामाना निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।