झापामा अवैध सामान बरामद संख्या बढ्दै

५ कार्तिक २०८१/झापा

भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को तथ्याङक अनुसार ७ सय बढी मुद्धा अवैध सामानको लिलामी सम्बन्धी रहेको भन्सार कार्यालयले जानकारी दिएको छ । त्यस्ता अवैध तवरबाट ल्याइएको सामानको प्रतिवेदक मुल्य मात्रै ८ करोड बढी रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो ।
कडेलका अनुसार गएको बर्षमा ७ सय ५० हाराहारी मुद्धा अवैध सामान ल्याएर भन्सारमा दाखिला भई अदालतमा गएको बताउनु भयो । जसबाट केही लिलाम प्रकृयाबाट राजश्व असुल उपर समेत भएको उहाँले बताउनु भयो ।

१ सय ४४ किलो मिटर भारतसँग खुल्ला सिमाना रहेको झापामा सिमा सुरक्षा गर्न निक्कै चुनौती समेत रहेको शसस्त्र प्रहरी बल नेपाल गण नं. २ झापाले जनाएको छ । सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै लगिएकाले पनि अवैध सामान बरामद हुने संख्या बढेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
Next post माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर