कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा
झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८ जना मतदाता मध्ये ७३.५ प्रतिशत मतदान भएको छ । शान्ति पुर्वक भएको निर्वाचनमा युवा देखि बृद्धबृद्धाले समेत मतदान गरेका छन् ।
कन्काई वडा नं. ६ को चम्पापुर माविमा दुई वटा मतदान स्थलमा निर्वाचन गराइएको छ । बाक्लो सुरक्षा कर्मीको उपस्थिति भएको निर्वाचनमा कुनै पनि अप्रीय घटना नभएको झापा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले जानकारी दिनु भयो ।
मतदानको परिणाम जतिसक्दो चाँडो ल्याउने गरी काम थालेको मुख्य निर्वाचन अधिकृत झापा जिल्ला अदालतका प्रमुख न्यायधिस उमेश प्रसाद लुईंटेलले बताउनु भयो ।
यस अघि सो वडामा नेकपा एमालेका स्व. दिर्घ बहादुर थापाले ५०८ मत ल्याएर विजयी बन्नु भएको थियो । उहाँको निकटतम् प्रतिद्वन्द्वीको रुपमा स्वतन्त्रबाट चुनावी मैदान आउनु भएका लक्ष्मीप्रसाद ओलीले ४४० मत ल्याउनु भएको थियो । मुख्य राजनैतिक दल नेकपा एमोलको तर्फबाट तुलाराम बस्नेत, नेपाली काँग्रेसबाट राम गोपाल ओली, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापाको उम्मेद्वारी परेको छ । यस्तै यस अघिका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मी प्रसाद ओलीले पनि पुन उम्मेद्वारी दिनु भएको छ ।
यस्तै राप्रपाबाट नारायण प्रसाद निरौला, मंगोल नेशनल अर्गानाइजेशनबाट पदम बहादुर तामाङ, नागरिक उन्मुक्तीबाट जमुना राजवंशी, जनमतबाट शुकलाल राजवंशी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।
वडामा १ हजार ५८ महिला र १ हजार पुरुष गरी २०५८ जना मतदाता रहेका छन् । जुन २०७९ सालको भन्दा १३ जना थोरै हो ।