भुटानीको सहयोगबाट विपन्नमा शिक्षाको पहुँच बढ्दैः पथरीमा नयाँ विद्यालय भवन उदघाटन (फाेटाे/भिडियाे कथा)

३० मंसीर २०८१/डिकेश लामा
तेस्रो मुलुक गएका भुटानीको सहयोगमा शरणार्थी र सो आसपास क्षेत्रमा विधालय निर्माण गरी शिक्षाको पुहँच विस्तार गर्न थालिएको छ । वेलडाँगी र पथरीमा सहयोगबाट बनाइएको विधालय संचालनमा ल्याए पछि विपन्न परिवारका बालबालिकालाई शिक्षा लिन सहज बन्दै गएको छ ।
दातृ निकायले छाडे पछि ६ बर्ष अघि नै भूटानी शरणार्थी शिविरमा शिक्षा दिनका लागि खोलिएका विद्यालयहरु बन्द गरियो । त्यस पछि खास गरी कलिला बालबालिकालाई स्कुल पठाउन समस्या हुन थाल्यो । तर जव तेस्रो मुलुक पुगेका भूटानीको समूहले शिक्षामा लाखौं रुपयाँ सहयोग गर्न थाले अनि अहिले शरणार्थी शिविर र सो आसपास क्षेत्रमा पूर्व प्राथमिक तहमा पढ्ने बालबालिकालाई सहज भएको छ ।


विधालय उद्घाटन गर्न अमेरिकाबाट नेपाल आई पुग्नु भएका जीबीओ का अध्यक्ष डिबी राई सहितको टोलीलाई पथरीबासीले गेटैबाट स्वागत गरेका छन् ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आथित्यमा राखिएको कार्याक्रममा पथरीमा संचालनमा ल्याइएको छ । तेस्रो मुलुक गएका भुटानीको सहयोगमा संचालनमा ल्याइएको विधालयलाई अव स्थानीय तहबाटै भोलिका दिनमा कानुन अनुसार संचालन गर्न सहयोग गरिने उहाँले बताउनु भयो ।
ठूलो सहयोग गर्दै आएको ग्लोबल भुटनिज अर्गानाइजेशन संस्थाको अगुवाईमा हालै आएर झण्डै ५० लाख रुपयाँ खर्चमा नयाँ भवन उद्घाटन गरिएको छ । पथरीशनिश्चरेमा निर्माण गरिएको विधालयलाई सहयोगबाटै संचालन गरिँदै आएको अमेरिकाबाट आउनु भएका संस्थाका अध्यक्ष डिबी राईले बताउनु भयो ।


अझै पनि ६ हजार बढी भुटानी शरणार्थी रहेका शिविरमा विधालय बन्द हुँदाको समस्या टार्न तेस्रो मुलुक गएका भुटानी युवाहरुले सहयोग गर्न थालेका छन् । विधालय संचालनमा आए पछि शरणार्थी शिविरमा मात्रै नभएर समूदायका विपन्न बालबालिकालाई पनि निशुल्क शिक्षा दिने गरिएको छ । सहयोग जुटाएर संचालन गरिएको विधालयलाई स्थानीय सरकारले दिगो रुपमा संचालन गर्न चासो दिनु पर्ने अभिभावकको भनाइ छ ।


झापाको वेलडाँगी र मोरङको पथरीमा गरी २७ शिक्षक र झण्डै ३ सय जना विधार्थीको व्यवस्थापनमा बार्षिक १ करोड रुपयाँ बढी खर्च तेस्रो मुलुक पुगेका नेपाली भाषी भुटानीहरुले नै जुटाउँदै आएका छन् । सहयोगबाट संचालन गरिएको विधालयमा शरणार्थी र समूदायका विधार्थीहरु पढ्ने मात्र हौइनकी उनीहरुबीच सदभाव समेत बढ्दै गएको छ । तर सहयोगबाट कहिलेसम्म विधालय संचालन होला भन्ने सवालको जवाफ भने सहज छैन । यसैले अव सरकारले नै अपनत्व लिएर विधालय संचालनमा जोड दिनु पर्ने अभिभावकको भनाइ छ ।

भिडियाे सामाग्री हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र  सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै
Next post किराँतीको सामुहिक चासोक तङ्नामको रौनक बढ्दै (फाेटाे/भिडियाे सामाग्री सहित)