लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा
प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान समेत काट्ने नयाँ प्रविधिको चेन मेशिन प्रयोगमा आए पछि झापाका किसानलाई सहज भएको छ ।
पाकेको धान भूँइमा लड्दा हातले पराम्परागत तरिकाले काट्दा पनि धेरै खेतालाको आवश्यकता पर्दछ । जसले गर्दा लागत बढ्ने् गर्दछ । तर भूँइमा हावा वा पानीका कारण लडेको धान पनि सानो चेन मेशिनले काट्ने भए पछि पछिल्लो किसानलाई सहज भएको छ । देशकै सवै भन्दा धेरै धान उत्पादन र खेती हुने झापामा विऊका लागि धान खेती पनि त्यतिकै बढ्दै गएको छ । विऊ धानका लागि सानो मेशिन उपयुक्त हुने र लडेको धान समेत काट्ने भएकाले किसानलाई सजिलो भएको मेशिन अपरेटर सन्दिप टुडुले बताउनु भयो ।
जिल्लामा रिपर, ट्याक्टर, चेन वाला मेशिन र ठूला हारभेष्टरको प्रयोगबाट धान काट्ने र थन्काउने काम हुँदै आएको छ । तर मेशिन विग्रदा आवश्यक सामान नपाउँदा भने समस्या हुने गरेको ५५ विगाह क्षेत्रफलमा समूहमा खेती गर्दै आउनु भएका थिरकुमार श्रेष्ठले बताउनु भयो ।
झापामा यस बर्ष झण्डै १० हजार हेक्टर थोरै ७५ हजार हेक्टरमा मात्र धान खेती भएको छ । रोग र घामपानीको अवस्था नमिल्दा यो बर्ष धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।