अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु

१६ पुस २०८१, झापा
१२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ । झापाको दमक नगरपालिका वडा नं। ३ मा रहेको चुलाचुली माविका ९ सय विधार्थीलाई अण्डामा पाइने खाद्य तत्व र प्रयोगबारे जानकारी गराउँदै निशुल्क चना अण्डाको खाजा वितरण गरिएको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रिय सल्लाहकार माधव प्रसाद पराजुली, प्रदेश र जिल्ला समितिका जिम्मेवार प्रतिनिधि र किसान सहितको टोलीले अण्डाको प्रयोग बढाउन मदत हुने खालको ३ दिने कार्याक्रम शुरु गरेका हुन् ।


कार्याक्रममा झापा जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरत चम्लागाँर्ईले स्थानीय सरकारले दिवा खाजामा अण्डाको प्रयोगलाई प्राथमिकता दिन माग समेत गर्नु भएको छ ।  चम्लागाँइका अनुसार नगरपालिकाले खाजामा अण्डाकाे प्रयाेगलाइ प्राथमिकता दिए अाफूहरूले सुलभ दरमा उपलव्ध गराउने बताउनु भयाे । अाजदेखि शुरू भएकाे कार्यक्रम ३ दिन हुने छ । भाेलि असाहयलाइ न्यायाे कपडा वितरण सहित अन्य कार्यक्रम गरिने संघ प्रतिनिधि दमक एग्रिकल्चरका संचालक देवेन्द्र प्रसाँइले बताउनु भयाे ।

झापा जिल्लामा कोरोना कहर पछि अण्डा लक्षित लेयर्स कुखुरा पाल्ने किसानको संख्या ह्वात्तै घटेको छ । यस अघि जिल्लामा १ सय बढी व्यवसायिक कुखुरा पालक किसानको संख्या आधा भन्दा धेरै घटेको छ । हाल जिल्लामा दैखिक १ लाख ८० हजार हाराहारीमा अण्डा उत्पादन हुँदै आएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)
Next post सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)