घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे

७ माघ २०८१/डिकेश लामा
नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको छ । ४ बर्ष यता झण्डै १० हेक्टर क्षेत्रफल खेती घटेसँगै धान उत्पादन समेत घट्दै गएको छ ।   
४ बर्ष अघि झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो बर्ष ३ लाख ८२ हजार मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । तर याे बर्ष भने ७२ हजार हेक्टर हाराहारीमा मात्र धान खेती भएकाे उहाँले बताउनु भयाे । केही बर्ष यता धान खेती हुने स्थानमा घर घडेरीले भरिन थालेको र गैरकृषि प्रयाेजन हुने कार्य बढेकाले धान खेतीकाे क्षेत्रफल कम हुँदै गएकाे उहाँकाे भनाइ छ। त्यस माथि यो बर्ष रोगका कारण पनि धान उत्पादनमा गिरावट आएको छ । उहाँले भन्नु भयाे, ‘ याे बर्ष अगुवा धानमा केही स्थानीय तहमा बहुगुणी २, सामामुसलीमा राेगकाे समस्या देखिएकाले उत्पादन घटेकाे छ ।’

जलबायु परिवर्तनका कारण लामो समय घाम लाग्दा धान मर्ने समस्या आएको छ । यस्तै पानी पर्दा अधिक बर्षा हुने भएकाले उत्पादनमा गिरावट आएको किसानले बताएका छन् । कन्काइ नगरपालिका वडा नं. ३ का गुणप्रसाद तिम्सिनाका अनुसार अघिल्लाे बर्ष प्रति विगाह ८० मन धान फलेकाेमा याे बर्ष ६० मन मात्र उत्पादन भएकाे बताउनु भयाे ।

झापामा ४ बर्ष यता १० हजार हेक्टर बढी धान खेती घट्नुले उत्पादनमा ह्रास आउँदै गएको कृषि ज्ञान केन्द्रकाे तथ्याङ्क छ । बढ्दो शहरीकरण र भूउपयोग नीतिको उचित कार्यान्वयन हुन नसक्दा कृषि योग्य जमिन घट्दै गएको अगुवा किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
Next post संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न