
संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
९ माघ २०८१/डिकेश लामा
काठमाण्डौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले कलाकारितामा संघीयता खोज्दै झापाको दमकमा महोत्सव गरेको छ । केन्द्रिय मात्र नभइ विकेन्द्रिकरणमा जाँदा नेपाली कलाकारिताको विकासमा टेवा पुग्ने भन्दै आइतबार दुई दिने घुम्ति फिल्म महोत्सव सम्पन्न गरेको हो ।

पूर्वमा नाकट उत्पादन र बजारीकरणमा सफल बन्दै गएको दमकको कमद थिएटरको आयोजनामा भएको दुई दिने फिल्म महोत्सवमा १२ वटा फिल्म प्रदर्शन भएको छ । उत्साहजनक सहभागितामा भएको महोत्सवले नयाँ कलाकारलाई समेत उर्जा मिलेको थिएटरका व्यवस्थापक कलाकार सिजन दाहालले बताउनु भयो । दाहालका अनुसार दमक कदम थिएटरकाे ९ अाैं बार्षिक उत्सवकाे अवसर पारेर पहिलाे पटक चलचित्र महाेत्सव गरिएकाे हाे । यसले नव कलाकारका लागि ठूलाे लाभ मिलेकाे बताउनु भयाे ।

दमकमा भएको दुई दिने चलचित्र महोत्सवमा पूर्वी नेपालका विभिन्न जिल्लाबाट कलाकारहरुको उपस्थितिमा चलचित्रको विकासमा बहस र अन्तकृया समेत भएको छ । राज्यले भौतिक पूर्वाधार मात्र नभएर कलाकारिताको समेत सँगसँगै विकास गर्न सके नेपालको पहिचानलाई विश्व सामु उच्च बनाउन सकिने कलाकारहरुको भनाइ छ ।