ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)

मुकुम्लुङलाई मास्न खोजे दुर्भाग्य हुनेछः दाहाल

३ फाल्गुण २०८१/डिकेश लामा
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले झापा लगायत पूर्वी नेपालका बर्तमान ठूला समस्यालाई सदनमा उठाउने दावी गर्नु भएको छ । झापाको दमकमा आजभएको खबरदारीसभामा बोल्दै अध्यक्ष दाहालले समस्या समाधानका लागि सदनबाट नभए जनतासँग सडकमा गएर भए पनि सम्बोधन हुने कार्यमा लाग्ने बताउनु भयो ।
उहाँले भ्रष्टचार जरैसँग उखालेर फाल्ने अभियानमा आफू लागेकाले सवैले साथ दिन अपील समेत गर्नु भएको छ । यस्तै उहाँले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संविधान कार्यान्वयनको विपरित दिशामा लागेकाले देश र जनतालाई जतिखेर पनि घात हुन सक्ने आरोप लगाउनु भयो । उहाँले पाथीभरामा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताउनु भएको छ । उहाँले सरकारले बल प्रयोग गरे त्यसको प्रतिरक्षामा आफूहरु लाग्ने समेत दावी गर्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको गृह नगर दमक र सो आसपास क्षेत्रका नागरिकले उनीहरुको समस्याबारे ज्ञापन पत्र समेत बुझाएका छन् । पार्टीको दमक नगर समितिको दोस्रो साधारणसभा समेत रहेको खबरदारी सभामा खासगरी औधोगिक पार्कको जग्गा मुआव्जा, भूपु सेना समस्या, पूर्व राजा ज्ञानेन्द्र शाहको हिमालय चिया बगान, सुकुम्बासी समस्या, दमक क्याम्पस, केवलकार निर्माणको विषयमा विवादित मुकुम्लुङ, गिरीबन्धु चिया बगान लगायतका समस्याको विषयमा पीडित पक्षले उचित सम्बोधनका लागि ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै कार्याक्रममा संघीय समाजबादी पार्टीका प्रदेश नम्बर एकका अध्यक्ष प्रविण चाम्लिङ्ग सहित विभिन्न पार्टीका धेरै संख्यामा कार्यकर्ताहरु अध्यक्ष दाहालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका छन् ।

See video

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भ्रष्टचारी विरुद्ध खबरदारी गर्न प्रचण्ड झापा आउने
Next post गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार