0 0
Read Time:3 Minute, 31 Second

३ फाल्गुण २०८१/झापा
नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले १२ करोड बढीको कारोवार गरेको छ । आज विऊ प्रशोधन तथा उत्पादन केन्द्रको कार्यालय गौरादहमा भएको ८ औं बार्षिक साधारणसभामा अध्यक्ष गोमादेवी विष्ट सुवेदीले प्रतिवेदन पेश गर्दै २ सय ५१ जना शेयर सदस्य रहेको सामुदायिक विऊ केन्द्रले १ करोड बढी रकम मुनाफा कमाउन सफल भएको बताउनु भयो ।


कार्याक्रममा प्रमुख अतिथि रहनु भएका गौरादह नगरपालिकाका उपप्रमुख जलबर्षा राजवंशी चौधरीले महिलाहरुको मेहनेतमा थालिएको कृषि कर्मले देशमै नमूना काम गरेको बताउनु भएको छ । उहाँले पालिका भित्र कृषिमा काम गर्ने सहकारी संस्थाले उत्पादन गरेको कृषि उपार्जनको भण्डारणका लागि शित भण्डार निर्माण सहित विभिन्न क्षेत्रमा अनुदान उपलव्ध गराई कृषि बालीमा अनुसन्धान समेत थालिएको बताउनु भयो ।
उहाँका अनुसार गौरादह नगरपालिकाले कृषि क्षेत्रको विकासबाट मात्रै देशको विकास हुने देखे पछि उच्च निकायसँगको सहकार्य र प्राविधिक सहयोगमा खेतीमा अनुसन्धान समेत थालिएको छ ।


कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था विर्तामोडका शाखाका प्रबन्धक गणेश प्रसाद भट्टराई, नेपाल कृषि सहकारी केन्द्रिय संघकी उपाध्यक्ष तथा संस्थाकी अध्यक्ष मिना कुमारी ढकाल लगायतले देशमा केही छैन भन्ने भाष्य संस्थामा आवद्ध किसानले चिर्दै लगेको बताएका छन् ।
विऊ उत्पादनमा लागेका विभिन्न विधा र बालीका किसानलाई संस्थाले सम्मान समेत गरेको छ । सम्मानित हुनेमा धानबालीमा अलाउदिन मियाँ, मकैबाली उमानाथ भण्डारी, राजमा बाली विन्दु भट्टराई, जैघाँस बाली पूर्णबहादुर कार्की, बहु कृषि बालीमा टिका न्यौपाने र मजदुर तर्फ विष्णुप्रसाद घिमिरे सम्मानित भएका छन् ।

संस्थाले सरकारले सूचिकृत गरेका धान, गहुँ, मकै लगायत तरकारी बालीका विऊहरु उत्पादनसँगै प्रशोधन गरेर देशभर विक्री गर्दै आएको संस्थाका मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो । कार्यक्रममा लेखा संयोजक यामकुमार श्रेष्ठले आन्तरिक लेखा परिक्षणको विस्तृत विवरण पेश गर्नु भएको विऊ प्रशोधन केन्द्रका व्यवस्थापक मनोज भट्टराईले जानकारी दिनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *