झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)

२९ फाल्गुण २०८१/डिकेश लामा
फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर मनग्ये उत्पादन गर्न सफल भएका छन् । गुलियो स्याउको स्वाद भएको बयर बजार पुर्याउन नपाउँदै बारीबाटै विक्री हुने गरेको छ ।
झापाको कमल गाउँपालिका वडा नं. ४ मा ३ बर्ष अघि रोपिएको बयर राम्रो उत्पादन हुन थाले पछि अन्य किसानले समेत खेती विस्तार गर्न थालेका छन् । स्याऊ जस्तै मिठो स्वाद हुने भए पछि बारीबाटै विक्री हुने गरेको खेतीमा लाग्नु भएकी चन्द्रा प्रधानले बताउनु भयो । यूट्यूबमा हेरेर राम्रो फलेको देखे पछि खेती थाल्नु भएकी प्रधानले गत बर्ष देखि नै आम्दानी लिन थाल्नु भएको छ । दुई कठ्ठा क्षेत्रफलमा लगाइएको बयरले चराबाट जोगाउन सकिए एकै सिजनमा १ लाख रुपयाँसम्म आम्दानी हुने उहाँको ठम्याई छ । प्रति केजी १ सय रूपयाँमा बारीबाटै विक्री हुँदै अाएकाे बयरकाे बजार खाेज्नु परेकाे छैन ।

नेपालमा व्यवसायिकरुपमा खासै नगरिएको बयर खेती पछिल्लो समय झापाका किसानले थालेका छन् । भारतमा धेरै हुने खेती अहिले कमल गाउँपालिका केही किसानले खेती गरेर आम्दानी समेत लिन थालेको कमल गाऊँपालिकाका कृषि प्राविधिक महेन्द्र बोहोराले बताउनु भयो । बाेहाेराका अनुसार राेपिएका क्षेत्रमा कतै राम्राे उत्पादन भएकाे छ भने कतै अावश्यक स्याहार नपुग्दा खासै उत्पादन हुन नसकेकाे बताउनु भयाे ।

अझै पनि नेपालका बजारहरुमा उन्नत जातका बयरहरु अधिक मात्रमा भारतबाटै आयात हुने गरेको छ  । मेहनेत गरेर स्थानीय क्षेत्रमै बयर उत्पादन बृद्धि गर्न सके बाहिरबाट हुने आयातलाई प्रतिष्थापन गर्न सकिने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
Next post झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)