बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग  

२ वैशाख २०८२/डिकेश लामा
६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै  चिन्तित बन्न थालेका छन् । बाँधहरु भत्किएका स्थानमा हालसम्म बाँध निर्माण नहुँदा बास नै मेटिने हो कि भन्ने चिन्तामा छन् ।
गएको अशोज महिनाको दोस्रो साता अर्थात ६ महिना अगाडि देशभर वेमौषमी बर्षा र बाढीले ठूलो विपती ल्यायो । जसका कारण झापामा मात्र दर्जन बढी स्थानका बाँधहरु फुटाएर खोला बस्तीमा पस्यो । तर ती जोखिम क्षेत्रमा अहिलेसम्म बाँध निर्माण नहुँदा भने बर्षातको सिजन लाग्न थालेसँगै बाढी पीडितहरु त्रसिद बन्न थालेका छन् । गाैरीगंज वडा नं. १ हुलाकी सडक उत्तर क्षेत्रमा गत असाेज महिनाकाे ११ गते देखि अाएकाे अविरल बर्षा र बाढीले झण्डै ५ सय मिटर बाँध बगाएर सडक सहित चाैरी र हाेक्लाबारी बस्ती जाेखिममा परेका छन् । बाढी अाउने समय अगाडि नै बाँध नबाँधे बस्ती छाडेर भाग्नु पर्ने अवस्था सृजना हुने स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लामा जोखिम बनेका क्षेत्रमा बाँध निर्माण गर्न मात्र ३५ करोड बढी लागत लाग्ने बाढीको क्षति पछि विवरण तयार गरिएको थियो । जोखिम क्षेत्रमा आवश्यक बजेट माग गरे पनि २० करोड रुपयाँको मात्र स्रोत सुनिश्चित भएकाले सवै जोखिम क्षेत्रमा नदि नियन्त्रण गर्न गाह्रो हुने जिल्लामा नदि नियन्त्रणमा १४ बर्ष देखि काम गर्दै आएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय झापाका प्रमुख विजय कुमार रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार ५ वटा प्याकेजमा ठेक्का प्रकृयाबाट बाँध निर्माणकाे कार्य थालिएकाे छ । यस बाहेक एशियाली विकास वैंककाे सहयाेगमा रतुवा खाेला क्षेत्रकाे दक्षिणी भेगमा धमाधम बाँध निर्माण कार्य भइरहेकाे बताउनु भयाे ।
एशियाली विकास वैंकको ऋण अनुदानमा जिल्लाका केही जोखिम क्षेत्रमा भने हिउँदमा बाँध निर्माण भएको छ । बाँध निर्माण भएको क्षेत्रमा भने बाढी पीडितलाई केही राहत मिलेको छ ।
झापामा खासगरी कन्काई नदिबाट बढी क्षति र जोखिम बढेको छ । कतिपय जोखिम क्षेत्रमा हालसम्म बाँध निर्माण हुन नसक्दा दर्जनौं बस्ती उच्च जोखिममा रहेकाले तत्काल बाँध निर्माण गर्न बाढी पीडितहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)
Next post पूर्वी नाका मेची  भन्सारबाट राजश्व असुलीमा बृद्धि