पूर्वी नाका मेची  भन्सारबाट राजश्व असुलीमा बृद्धि 

४ वैशाख २०८२/डिकेश लामा

पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ । लक्ष्य भन्दा कम राजश्व संकलन भए पनि अघिल्लो दुई आर्थिक बर्ष भन्दा धेरै राजश्व असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको ९ महिनासम्म लक्ष्यको ९० दशमलव ८१ प्रतिशत राजश्व संकलन भएको छ । चैत्र मसान्तसम्म ११ अर्ब ४८ करोड रुपयाँ संकलन भएको छ । अघिल्लाे बर्ष ९ महिना अर्थात चैत्र मसान्तसम्म १० अर्व ३८ कराेड राजश्व असुली भएकाे  थियाे।

मेची भन्सार नाका भएर सवै भन्दा धेरै पेट्रोलिय पदार्थको आयात हुने गर्दछ ।    यसैगरी लता कपडा, मेशिनरी सामान, केमिकल्स, खाद्यन्य, तरकारी लगायत बस्तु आयात हुने गर्दछ । यसै गरी कृषिजन्य सामाग्री अलैंची, कुचाे, चिया, प्लाइ र छुर्पी देशकै सवै भन्दा धेरै मेची भन्सार कार्यालयबाटै निर्यात हुँदै आएकाे भन्सार कार्यलयले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग  
Next post मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या