मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या  

५  वैशाख २०८२/बालदिवश तामाङ
बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ । मरिच प्रशोधन गर्ने मेशिनको अभावमा झापाका किसानले वफाएर सुकाउने तरिकाको प्रयोगलाई जोड दिन थालेका छन् ।
विदेशबाट आयात हुने मरिचलाई प्रतिस्थापन गर्ने उदेश्यका साथ खेतीमा जुटेका किसानलाई मरिच प्रशोधन गर्ने मेशिनको अभावले समस्या हुँदै गएको छ । मेशिन उपलव्ध हुन नसक्दा किसानले लामो समय टिकाउन गुणस्तरीय मरिच बनाउन छोटो समय उसिनेर प्रशोधन गर्न थालेको खेतीमा जुट्दै आउनु भएकी बुद्धशान्ति गाउँपालिकाकी किसान देवीमाया नेपालले बताउनु भयो । नेपालका अनुसार केही बर्ष देखि बफ्याएर माडेर सुकाउँदा रंग राम्राे र धेरै टिकाउ हुने थाहा पाए पछि मरिच किसानले साे विधि अपनाउन थालेकाे बताउनु भयाे ।

लामो समय देखि व्यवसायिक मरिच खेती गर्दै आएकी गीता संग्रौलाले हरेक बर्ष १० देखि १५ लाख रुपयाँसम्मको मरिच उत्पादन गरेर विक्री गर्दै आउनु भएको छ । झण्डै २ विगाह क्षेत्रको सुपारी बगानमा लगाइएको मरिच राम्रो उत्पादन भए पछि प्रशोधनमा सरकारले चासो नदिँदा भने समस्या भोग्नु परेको गुनासो पोख्नु भयो । विदेशमा कस्ता कस्ता मेशिन अाइ सक्दा समेत सरकारले मरिच खेतीलाइ भने चासाे नदिँदा अझै समस्याबीच खेती गर्नु परेकाे उहाँले बताउनु भयाे ।
मरिच खेतीबाट धान भन्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । यो बर्ष प्रति क्वीन्टल  १ लाख १० हजार रुपयाँसम्म विक्री गर्र्दै आएका किसानलाई सरकारले मरिच खेती लक्षित कृषि यन्त्रमा सहयोग गरे खेती विस्तारमा थप टेवा मिल्ने किसानले बताएका छन् ।

नेपालमा कालो मरिच सहित अन्य सेतो र टुक्राइएको गरी बर्षेनी ढेड अर्व मुल्य हाराहारीको मरिच आयात हुँदै आएको छ । पछिल्लो समय जिल्लामा खेती विस्तार धमाधम बढ्दै गएको वेला सरकारले प्रोत्साहनका कार्याक्रमहरु ल्याए आयात प्रतिष्थापन गर्दै लान सकिने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वी नाका मेची  भन्सारबाट राजश्व असुलीमा बृद्धि 
Next post सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)