
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा वितीय संस्थाले सहज लगानी गर्न नमाने पछि अघिल्ला बर्षहरु भन्दा जग्गा खरिद विक्री घट्दै गएको हो ।
जग्गा बर्गिकरणका कारण लामो समय जग्गाको किताकाट रोकिएको थियो । तर पछिल्लो समय खुल्ला भए पनि बैंक तथा वित्तीय क्षेत्रबाट उचित लगानी हुन नसक्दा घर जग्गाको कारोवार उठ्न नसकेको भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका सूचना अधिकारी राजु दाहालले बताउनु भयो ।
घर जग्गा कारोवारमा अनलाइन सेवा भए पनि विच्यौलाको प्रयोग नगरी काम गर्न सक्ने अवस्था छैन । सेवाग्राही आफैले काम गर्दा ढिलाई समेत हुने गरेको उनीहरुले गुनासो पोखेका छन् । सेवाग्राही राजन संग्राैलाका अनुसार लेखापढीकाे सहयाेग नलिइकन काम गर्दा एउटै काम ७ दिनसम्म लाग्ने बताउनु भयाे । उहाँका अनुसार केही खर्च तिर्दा काम छिटाे हुने हुनाले सवैले विच्याैलालाइ समातेर नै काम गर्ने गरेकाे बताउनु भयाे ।
भुउपोग नीति २०७९ लाई २०८० मा संशोधन गरी स्थानीय तहसम्म कार्यान्वयनमा ल्याए पछि जग्गाको मुल्याङक समेत बृद्धि भएको छ । तर कारोवार नै घटे पछि मालपोत कार्यालयबाट हुने राजश्व संकलनमा भने खासै बृद्धि हुन नसकेको कार्यालयको तथ्याङक रहेको छ ।