नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)

दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट 

९ वैशाख २०८१/ डिकेश लामा 

नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका लागि पोषिलो आहरा बनाउने कार्य थालिएको छ । झापाको गाैरादहमा रहेकाे महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले त्यतिकै खेर जाने परालको सदुपयोग गर्दै गुणस्तरीय पोषिलो आहारा बनाउने कार्य थालेको हो ।

पराललाई गुणस्तर बृद्धि गरेर पशु चौपायका लागि पोषिलो आहरा बनाउन झापा जिल्ला नेपालमा पहिलो बन्न सफल बनेको छ । अमेरिकाको फ्लोरिडा विश्व विद्यालयको फिड द फ्यूचर भन्ने कार्यक्रममा महारानीझोडा साना किसान कृषि सहकारी संस्था छनौट भई परालको गुणस्तर बृद्धिको अभ्यास थालिएको संस्थाको पशु आहरा व्यवस्थापक उज्जवल अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार याे प्रकृया र मेशिनबाट दक्षिण एशियामै पहिलाे पटक पराललाइ दानाकाे रूपमा प्रयाेग गर्न सकिने कार्यकाे थालनी भएकाे हाे ।

दुग्ध उत्पादनमा कम्जोर अवस्था रहेको देशलाई लक्षित गरी अमेरिकी फ्लोरिडा विश्व विद्यालयले आव्हान गरेको पशुपालन सुधार कार्यक्रममा विभिन्न देशले सहभागिता जनाएको थिए । त्यस मध्ये महारानीझोडा छनौट भइ दुध उत्पादन बृद्धि गरी किसानलाई सक्षम बनाउने दिशामा कार्यक्रम शुरु गरिएको अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाका अनुसन्धानकर्ता डाक्टर यणमणि नेपालले बताउनु भयो । २१ वटा देशमा दुग्ध उत्पादन विकासमा काम गर्दै अाएकाे संस्था इलिरी मार्फत नेपालकाे गाैरादहमा याे कार्यक्रम थालिएकाे हाे ।

सुकेको परालमा पोषिलो खाद्य तत्व मिश्रण गरी मेशिनको सहयोगमा दरिलो थिचेर बोरामा लगाइन्छ । जुन कार्यलाई पशुसम्बन्धी सरकारका उच्च निकायको सहयोगमा निर्माण तथा अनुसन्धान थालिएको मेशिन चालक बासु कोइरालाले बताउनु भयो । पराललाई मसिनाे काटेर  मेशिनबाट जाेड थिचेर सानाे अाकारमा बनाएर बाेरामा राख्ने गरिन्छ । जुन परालमा खाद्य तत्व मिश्रण गरिएकाे हुनाले पशु अाहराका लागि पाेषिलाे दानाकाे नै काम गर्ने उहाँल बताउनु भयाे ।

स्वस्थ्य गाइबस्तुबाट बर्षमा १० हजार लिटरसम्म दुध उत्पादन भइरहेको अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाको तथ्याङक छ । तर नेपालमा भने ३० प्रतिशत मात्र उत्पादन भएकाले पशु स्वास्थ्य, नश्ल र आहरामा ध्यान दिन सके किसानको आम्दानीसँगै समृद्धि हासिलमा टेवा पुग्ने कृषि विज्ञहरुको भनाइ छ ।

see video in the link please.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
Next post बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)