
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)


२०८१ सालको असोज महिनामा आएको वेमौषमी बर्षा र बाढीले झापाका धेरै स्थानमा लगाएको बाँध समेत फुटाएर बाढी बस्ती तर्फ पस्यो । सयौं विगाह जमिन बगर बने भने सयौं घर परिवार विस्थापित भए । तर पछिल्लो समय रतुवा खोलाको गौरादह नगरपालिका क्षेत्रमा भने धमाधम बाँध निर्माण हुन थाले पछि स्थानीय बासिन्दालाई बाढीबाट बाँचिने आशा पलाएको छ । यस अघि बर्खामा टापुमा परिणत हुने तेलियाडाँगी गाउँ यस बर्ष देखि सुरक्षित हुने आशा पलाएकाे स्थानीय अगुवा यारीलाल शर्मा बराइले बताउनु भयाे । यस अघिका बर्षमा भएकाे २ विगाह जग्गा बगर बने पछि अहिले बनिवुताे गरेर जिविकाेपार्जन गर्दै आएकाे उहाँले बताउनु भयाे ।

अति जोखिम क्षेत्रको २२ वटा प्याकेजमा कामको प्रकृया हालै आएर थालिएको छ । रतुवाको जोखिम क्षेत्रमा १ हजार ८ सय मिटर लम्बाईको बाँध निर्माण गरी तारजालीको काम सम्पन्न हुने चरणमा पुगेको जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्यक्रमको कार्यालय प्रमुख विजयकुमार रेग्मीले बताउनु भयो । रेग्मीमा अनुसार केही याेजनाहरू ठेक्काकाे चरणमा रहेका छन् भने केही ठेक्का लागि धमाधम काम हुँदै आएका छन् ।


नदि तथा खोलामा बाढीको जोखिम नियन्त्रणका लागि चालु आर्थिक बर्षमा संघीय सरकारको अर्थ मन्त्रालयबाट १८ करोडको ८ वटा प्याकेज र विपद पूर्नलाभ कार्याक्रम मार्फत २० करोडमा १४ वटा प्याकेजको काम हालै आएर शुरु भएका छन् । यस बाहेक एशियाली विकास वैंकको झण्डै २७ करोड ऋणमा ४ हजार ३ सय मिटर बाँध निर्माणको काम ४ महिना अघि देखि नै हुँदै आएको जनताकाे तटबन्ध कार्यक्रम कार्यालय गैंडेले जानकारी दिएकाे छ ।