
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा
धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल चाहिएको वेला उपलव्ध गराउन नसक्दा महँगो मुल्यमा भारतीय मल लगाउनु पर्ने बाध्यता रहेको किसानले गुनासो पोखेका छन् ।
नेपालकै सवैभन्दा धेरै मकै र धान खेती हुने झापामा मलको अभावले गर्दा किसानलाई समस्या भएको छ । समयमा मल पाउन नसक्दा भारतीय मल लगाउन बाध्य भएको गौरादह नगरपालिका वडा नं. ५ का किसान टेकेन्द्र कार्कीले बताउनु भयो । कार्कीका अनुसार नेपाल सरकारले उपलव्ध गराउँदै अाएकाे मल नपाए पछि झण्डै दाेब्बर मुल्यमा भारतबाट मल ल्याएर खेती गर्नु परेकाे बताउनु भयाे ।

पछिल्लो समय जिल्लामा धेरै जसो हाइव्रिड अर्थात उन्नत जातका विऊ लगाउने प्रचलन बढेर गएको छ । उन्नत विऊमा आवश्यक मल पुग्न सकेन भने उत्पादनमा गिरावट आउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापामा वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । २ बर्ष सहज तरिकाले मल पाइरहेका किसानलाइ याे बर्ष भने समस्या भएकाे बताउनु भयाे ।
सरकारले चालु आर्थिक बर्षका लागि २७ अर्व ९५ करोड रुपयाँ विनियोजन गर्दा समेत किसानले आवश्यक परेको वेला मल पाउन सकेका छैनन् । अघिल्लो २ बर्ष सहज मल उपलव्ध भए पनि यो बर्ष मलको समस्या झेल्नु परेकाले उत्पादनमा गिरावट आउन सक्ने किसानको भनाइ छ ।