Read Time:1 Minute, 40 Second
२० जेष्ठ २०८२/झापा आइतबार राती आएको हावाहुरीले झापामा दर्जन बढी क्षेत्रमा विधुत अवरोध गरेको छ । जिल्लाको सुरुङा, शिवसताक्षी, कमल, गौरादह र दमकमा हावाहुरीले विजुलीका पोल समेत भाँचे पछि कतिपय स्थानमा अझै विधुत सुचारु हुन सकेको छैन ।
जिल्लामा सवै भन्दा धेरै दमक वितरण केन्द्रको विजुलीका पोलहरु भाँचिएको छ । दमक वितरण केन्द्रकाे मात्र ७० भन्दा माथिको संख्यामा पोल भाँचिएकाले सवै स्थानमा विधुत सुचारु गर्न अझै १ देखि २ दिनसम्म लाग्ने नेपाल विधुत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोष चौधरीले जानकारी दिनु भयो ।

चौधरीका अनुसार कमल गाउँपालिकामा ट्रान्सफरमरमा समेत क्षति भएको छ । मुख्य लाइनको समस्या समाधान गरे पनि दमकको ग्रामिण क्षेत्रमा विधुत सुचारु गर्न अझै २ दिनसम्म लाग्न सक्ने उहाँले जानकारी दिनु भयो ।
गर्मी बढेको वेला गाउँघर तिर विधुत आपुर्ति हुन नसक्दा समस्या खेप्नु परेको पीडितहरुले गुनासो पोखेका छन् । हावाहरीले विधुतमा मात्र नभएर मानिसका घर तथा कृषिवालीमा समेत ठूलो क्षति गरेको छ ।