0 0
Read Time:2 Minute, 10 Second
१३ असार २०८२/झापा
कोशी प्रदेशमा पहिलो पटक आज बालबालिकालाई स्वर्ण विन्दु खुवाउने कार्याक्रम गरिएको छ ।  प्रत्येक पुष्यमा स्वर्ण दिऔं, शारीरिक तथा बौद्धिक बल बढाऔं भन्दै ६ महिना देखि ७ बर्षसम्मका बालबालिकालाई जडिबुटीबाट निर्मित औषधीजन्य विन्दु अर्थात थोपा खुवाइएको हो । झापाको कमलमा रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालले स्वास्थ्य जनशक्ति उत्पादन र आयुर्वेदिक उपचार पद्धतिको विकासका लागि निशुल्क स्वर्ण विन्दु खुवाउने कार्य थालनी गरिएको अस्पतालका निमित्त प्रमुख डा. शिद्धार्थकुमार ठाकुरले बताउनु भयो । डा. ठाकुरका अनुसार याे थाेपाले बालबालिकाे मानसिक देखि शारीरिक अवस्थामा समेत धेरै फाइदा गर्नेछ । यसले बालबालिकाकाे राेग प्रतिराेधात्मक क्षमता बृद्धिमा ठूलाे सहयाेग गर्ने बताउनु भयाे ।

अस्पतालमा आएर शुक्रबार स्वर्ण थोपा खुवाउने बालबालिकाले हरेक महिनाको पुष्य नक्षत्र शुरु हुँदा पर्ने गतेमा खुवाउने तालिकाको कार्ड समेत वितरण गरिएको छ । कार्डमा भएकाे तालिकाकाे गते अनुसार  आगामी महिना देखि यी बालबालिलले एक बर्षसम्म याे स्वर्ण थाेपा खानेछन् । बालबालिकाको स्वास्थ्यका लागि स्वर्ण विन्दु अमृत सरह रहेकाे आयुर्वेदिक क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । ५ सय जनालाई लक्षित गरेर थालिएको कार्याक्रममा  विधालयबाट समेतका गरी  १ हजार १ सय ८७ जनाले सेवन गरेको अस्पतालले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *