२८ जेष्ठ २०७८,काठमाडौं– नेपालनमा पछिल्लाे एक साता यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । गएकाे २४ घण्टामा ५ हजार २ स २५ जना संक्रमणमुक्त भएका छन् । यस्तै गत २४ घण्टामा १५ हजार १ सय ८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ७ सय ९ जनामा पोजिटिभ देखियो भने ५ हजार ५ सय ८४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४१ जना संक्रमित भएका छन् । यसैगरी सोही अवधिमा ६७ जनाको मृत्यु भएको छ ।