नेपालमा आज १५६५ निकाे, १७१८ संक्रमित थपिए

२२ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ रहेको छ । यसैगरी २४ घण्टामा नेपालमा १ हजार ७ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ७ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ८२ परीक्षणबाट ९ सय १६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५ सय ८५ परीक्षणमा २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

हालसम्म देशभर २३ लाख ८३ हजार ५४४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३३० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५हजार ८ सय २८ रहेको मन्तालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post युवती भण्डारीकाे हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा स्थानीयको विरोध प्रदर्शन
Next post बर्षातले बाली बर्वादः भारतीय सिमावर्ती क्षेत्रमा बर्षेनी समस्या