
अमेरिकाबाट अनुदान स्वरूप १५ लाख डाेज काेराेना विरूद्ध खाेप हस्तान्तरण
२८ असार २०७८,काठमाडौं- अमेरिकाले नेपाल सरकारलाई अनुदान स्वरूप १५ लाख डोज कोभिड- १९ विरुद्धको खोप आज हस्तान्तरण गरिएकाे छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने प्रम अाेलीले बताउनु भयाे ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...