
३१ भदाै २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १ सय ७९ परीक्षणमा १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ रहेको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय २ पुगेकाे छ ।हालसम्म देशभर ४० लाख ६८ हजार ५९१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५ हजार ७७२ रहेको छ ।
