भूटानीका पीडा नव्बेका घाऊहरु लोकार्पण


१६ असोज २०७८/डिकेश लामा
भूटान सरकारले नेपाली भाषी भूटानीलाई लखेट्दाको पीडालाई समेटेर भूटानी साहित्यकार दिल भूटानीको कविता संग्रह नब्बेका घाऊहरु लोकार्पण गरिएको छ । सन् १९९० अर्थात ३ दशक अघि भूटानले लखेट्दाको पीडालाई समेटेर लेखिएको संग्रह भूटनी अगुवा नेता डा. भम्पा राईको हातबाट आज एक औपचारिक कार्याक्रमबीच सार्वजनिक गरिएको छ ।


पूर्वी नेपालका साहित्यकारहरु प्रकाश बुढाथोकी, शिव रेग्मी प्रणत, याम थुलुङ्गले नब्बेका घाऊहरु नामक संग्रहको समिक्षा गर्नु भएको छ । कार्याक्रममा प्रकाश बुढाथोकीले भूटानीले देशबाट लखेटिँदा भोगेका दर्दानक पीडालाई कवितामा कलात्मक ढंगले उतारेको बताउनु भएको छ । यस्तै प्राध्यापक तथा समालोचक शिव रेग्मी प्रणतले भूटानीको कविताले भूटानमा भएको निरंकुशताको विरुद्धको आवाज भएको बताउनु भयो ।
कार्याक्रममा कविता संग्रहका लेखक कवि दिल भूटानीले भोगाईलाई विम्बमा उतार्ने प्रयास गरेको बताउनु भएको छ ।


लिटररी सोसाइटी अफ भूटानका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्याक्रममा एक दर्जन कविहरुले कृतिको कविता पाठ गर्दै शुभकामना दिएका छन् । एक्जाइल्ड भूट्निजले संचालन गरेको कार्याक्रममा विकल्प थिरु घिमिरे, सोनाम सुब्बा, सानिका सुब्बा, जितेन साङपाङ राई, लगायतले संग्रहका कविताहरु बाचन गरेका छन् । कार्यक्रममा साहित्य परिषद भूटानको प्रकाशन रहेको संग्रहमा ३६ वटा कविता रहेका छन् । कार्यक्रममा पूर्वी नेपालमा निरन्तर लामो समय देखि साहित्य साधनामा रहेका कवि तथा समालोकहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भीडका कारण उपचारमा समस्याः दमक अस्पतालमा प्रदेश नम्बर एकमै विरामीको उच्च चाप (भिडियाे सहित)
Next post अवको पत्रकारिता अधिकारबाट बन्चित समूदाय तथा विषयमा केन्द्रित हुुनु पर्नेमा जोड