प्रथम अध्यक्ष प्रदेश एक पालिका स्तरीय भलिवल कप २०७८ झापाको पोल्टामा

Photo with drone by Parbat Tamang

२० अशोज २०७८/डिकेश लामा
झापाको दमकमा जारी प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगिताको उपाधी झापाको झापा गाउँपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापाले उपाधी हात पारेको हो । फाइनल खेलमा लगातार सोझो ३ सेट बाटै रामप्रसाद राई पालिका बाहिरीएको थियो ।


खेलमा विजेता हुने झापालाई नगद एक लाख र उपविजेतालाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र आयोजक दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले प्रदान गर्नु भएको छ ।
३ दिन देखि ५ वटा जिल्लाका १९ पालिकाबीच भएको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट खेलाडी झापाका रविन शिवाकोटी, वेष्ट सटर वेलबारीका पदम खड्का, वेष्ट लिवटो झापाका गणेश कटुवाल, वेष्ट व्लकर झापाकै रोहित शिवाकोटी, बेष्ट स्पाइकर रामप्रसाद राईका दिनेश तामाङ र वेष्ट सरबर राष्ट्रिय खेलाडी दमकका मुस्कान खुदाङ्ग घोषित हुनु भएको छ । उहाँहरुले ट्रफी र नगद ५ र २ हजार प्राप्त गर्नु भएको छ ।


दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालको सभातित्वमा समापन खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म खेल खेलेका पुराना खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको छ । कार्याक्रममा जिल्ला भलिवल संघ झापाका अध्यक्ष पूर्व अन्तराष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ, भलिवल खेलका राष्ट्रिय एम्पायर अञ्चल धिमाल, प्रदेश नम्बर एक भलिवल संघका सदस्य प्रार्देशिक रेफ्री रोशन दाहाल, राष्ट्रिय खेलाडी भलिवल तथा प्रादेशिक रेफ्री बसन्त राई, सागर राई, मदन राई लगायतको उपस्थितिमा खेल संचालन गरिएको खेल संयोजक पूर्व खेलाडी राजु श्रेष्ठले जानकारी दिनु भयो ।
कार्याक्रममा दितीय पुरस्कार प्रदान गर्नु हुने नेपाली काँग्रेशका पूर्व सभापति तथा खेलाडी उद्धव दाहाल, दमक नगर खेलकुद समितिका अध्यक्ष भिमराज चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९६८ संक्रमित, १११४ निकाेः ६ जनाकाे मृत्यु
Next post नेपालमा पछिल्लाे २४ घण्टामा १०४३ संक्रमित, ८९१ निकाेः १२ जनाकाे मृत्यु