
हर्साेल्लासका साथ छट सम्पन्न (फाेटाे फिचर सहित)
नदी पोखरी लगायतका स्थानमा बनाइएका छठघाटमा यस बर्ष देशभरका नदि,खाेला, ताल, तलाउ, पाेखरी लगायतका स्थानमा हर्साेल्लासका साथ व्रतालुहरुले विहान ६ बजेर २१ मिनेटको शुभसाहितमा सुर्यलाई अर्घ्य अर्पण गरेका छन् । विगत २ बर्ष देखि अाएकाे विश्व महामारी काेराेना भाइरसका कारण घर परिवारमा सिमित बनेकाे चाड पर्व यस बर्ष नेपालीहरूले खुशीका साथ मनाएका छन् । तथापि तेस्राे भेरियन्ट अाउन सक्ने जाेखिम रहेका भन्दै सवैले स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र चाडपर्व मनाउँन सरकारले अाग्रह गरेकाे छ । छठ पर्व गर्नाले चर्म रोग निको हुनुको साथै घरपरिवारमा सुःखशान्तिले बास गर्ने, निसन्तानलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहेको छ ।