गहुँको विऊको माग उच्चः झापामा भने बर्षेनी खेती घट्दै (फाेटाे फिचर सहित)

५ मंसीर २०७८, सारासन्देश समाचार

धान लगायत अन्य करोडौं मुल्यको विऊहरु भारतबाट नेपाल बर्षेनी आयात हुने गर्छ । तर गहुँको विऊ भने झापाबाट भारत तर्फ निर्यात हुने गरेको छ । झापाको गौरादह नगरपालिका वडा नं. ५ मा रहेको महिलाहरुबाट मात्र संचालित महारानीझोडा साना किसान सहकारी संस्थाले संचालन गरेको सामुदायिक विऊ प्रशोधन तथा भण्डारण केन्द्रले बर्षेनी ठूलो परिमाणमा गहुँको विऊ भारत पठाउने गरेका छन् । यो सिजनमा भारतबाट गहुँको विउ अधिक माग हुने भएकाले विऊ प्रशोधन केन्द्रलाई विऊ प्रशोधनमा भ्याइ नभ्याइ भएको छ ।

तर यता झापामा गहुँ खेती भने बर्षेनी घट्दै गएको छ । यता अन्य क्षेत्रबाट भने विऊको माग भने बढ्दै गएको छ । भारतबाट समेत विऊको माग अधिक रहेकोले यो वेला धमाधम विऊ प्रशोधन गरी बजारीकरण थालिएको महारानीझोडा साना किसान सहकारी संस्थाले संचालन गरेको सामुदायिक विऊ प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो । विष्टका अनुसार मोरङ्ग, सुनसरी, सिराह, सप्तरीमा डिलरहरुले सहकारीको विऊ विक्री गर्दै आएका छन् । विऊको माग उच्च भए पनि माग अनुसार विऊ पुर्याउन समस्या हुँदै आएको छ ।

विऊ प्रशोधन केन्द्रले यो बर्ष विजय, गौतम, एनएल र आदित्य प्रजातिका १ सय मेट्रिक टन विऊ प्रशोधन गरेको छ । गहुँ खेती घट्दै गए पछि विऊ उत्पादनका लागि मात्र खेती गर्दै आएको सहकारीले प्रवर्धन गरेको नमूना एकिकृत खेतीका अध्यक्ष वेधनीधि चापागाईंले बताउनु भयो ।

जिल्लामा बर्षेनी गहुँ खेती घट्दै गएको छ । जसका कारण विऊ उत्पादनमा समेत कम हुन थालेको छ । गहुँ खेती गर्न केही गाह्रो भएकाले किसानले खेती छाड्दै लगेको बताएका छन् । झापामा अघिल्लो बर्ष ७ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा साढे २० हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । खेती घट्दै गए पछि विऊ उत्पादनमा समेत गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २४ घण्टामा २३८ संक्रमित, ३७० निकाेः १ जनाकाे मृत्यु
Next post विस्तृत शान्ति सम्झौताको १५ वर्ष वितिसक्दासम्म पीडितले पाएनन् न्याय