२३ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ११ संक्रमित थपिएका छन् । देशभर ९ हजार ४ सय ५१ जनाको नमूना परीक्षण हुँदा २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ४९ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार १ सय ५ मा झरेकाे छ । अाजसम्म नेपालमा १ कराेड ९९ लाख २२ हजार खाेप लगाइसकिएकाे छ । जसमध्ये ४५ दशमलव ५ प्रतिशत दुइ मात्रा र ५४ दशमलव ४ प्रतिशत एक मात्रा खाेप लगाइएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *