ओमिक्रोनका लागि बुस्टर डाेज प्रभावकारी हुने

२५ मंसीर २०७८,काठमाडौं– बेलायतका वैज्ञानिकहरुले हालै भेटिएको कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन संक्रमणबाट जोगिन कोरोना विरुद्ध बनेका दुई डोज खोप पर्याप्त नहुने भन्दै सचेत गराएका छन् ।

प्रारम्भिक अध्ययनले कोरोनाका ओमिक्रोन र डेल्टा भेरियन्ट विरुद्ध खोप खासै प्रभावकारी नभएको पाइयो । तर बुस्टरका रुपमा दिइएको तेस्रो डोज खोपपछि भने ७५ प्रतिशत प्रभावकारी भएको अध्ययनबाट देखिएको छ । खोपको प्रभावकारिताका विषयमा अध्ययन र विश्लेषण भइरहँदा बेलायतमा भने कोरोना संक्रमण निरन्तर रुपमा बढिरहेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ९ यताकै सबैभन्दा बढी हो । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि बढ्दो क्रममा छ । बितेको २४ घन्टामा मात्रै ४ सय ४८ जना ओमिक्रोन संक्रमित थपिएका छन् ।

हालसम्म ओमिक्रोन संक्रमित हुनेको संख्या १ हजार २ सय ६५ पुगेको छ । बढ्दो संक्रमणको जोखिम कम गर्न बेलायतले सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिसकेको छ । नाइट क्लब लगायतका भीडभाड हुने स्थानमा जान कोभिड पासको व्यवस्था गरिने भएको छ । साथै आगन्तुकहरुलाई केयर होम लगायतका स्थानमा प्रवेश गर्न कडाई गरिने भएको छ । यस्तै नेपालमा पनि दुइ जनामा अाेमिक्राेन देखा परिसकेकाे पुष्टि भएकाे छ । तर याे म्यूटेशन काेराेना भाइरस त्यति धेरै डर लाग्दाे नभएकाे यस अघि विश्व स्वास्थ्य संगठनले जानकारी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २३६ संक्रमित, ३०७ निकाेः १ जनाकाे मृत्यु
Next post नेपालमा आज २५४ संक्रमित, २३४ निकाेः १ जनाकाे मृत्यु