पथरी स्पोर्टिङ क्लव फाइनमा प्रवेश

८ पुस २०७८,पर्वत तामाङ
झापाको दमक नगरपालिकामा जारी प्रथम वडा अध्यक्ष कप २०७८ को आज भएको खेलमा मंगलबारे ११ लाई शून्यको विरुद्ध १ गोल गर्दै पथरी स्पोर्टिङ क्लव फाइनलमा प्रवेश गरेको छ । अति प्रतिस्पर्धात्मकरुपमा भएको खेलमा अन्तिम थप समयको सदुपयोग गर्दै पथरीका जर्सी नं. १९ का खेलाडी निरज परियारले १ गोल गर्दै टीमलाई फाइनलमा प्रवेश गराएका हुन् ।
खेलमा म्यान अफ द म्याच समेत निरज परियार नै घाषित भएका छन् ।
भोलि दोस्रो सेमी फाईनलको आयोजक दमक र सामाजिक क्लव काठमाण्डौंबीच प्रतिस्पर्धा हुने खेलका सहायक रेफ्री शुशिल तामाङले जानकारी दिनु भयो । भाेलि हुने विजेतासँग पथरी स्पाेटिङ क्लवकाे फाइनलमा भेट हुने छ । आगामी ११ फाइनल हुने खेलमा विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गर्ने खेल समितिका संयोजक दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बराले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २३६ संक्रमित, २७२ निकाेः २ जनाकाे मृत्यु
Next post प्रदेश एक पालिका स्तरीय दाेस्राे अध्यक्षा कपकाे खेलमा दमक, विर्तामोड र आमचोक विजयी