
२१ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २५ हजार ८ सय ५ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ । यसैगरी आज थप १ हजार ९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४९५ जनाको पीसीआर परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ रहेको छ ।
