नेपालमा काेराेना संक्रमणबाट निकाे हुने संख्या ९५ प्रतिशत नाघ्याे

३० मंसीर २०७७, काठमाडौं– नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या दिनहुँ बढ्दै गए पछि हाल ९५ दशमलव ३ प्रतिशत पुगेकाे छ ।  गत २४ घण्टामा १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३८ हजार ५ सय ६९ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ३ प्रतिशत रहेको छ ।यस्तै आज थप ९ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार १ सय १७ जनाको पीसीआर परीक्षणमा ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५०० निकाे ८३० संक्रमित
Next post नेपालीका लागि चाँडाे खाेप लगाउन ‘खोप द्रुत कार्ययोजना’ कार्यान्वयनमा