
५ फाल्गुन २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८९ जनामा गरिएको नमूना परीक्षणमा ५ सय ७० जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ११ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ जनामा झरेकाे छ ।

