दमक नजिककाे सिंगो मार्चेबुङ गाऊँ अझै अन्धकारमा (फाेटाे फिचर सहित)

कहिले बल्छ बती ? ः स्थानीयकाे प्रश्न
४ फाल्गुण २०७८/बालदिवश तामङ

झापाको दमक नजिकै भएर पनि माङसेबुङ वडा नं. ४ का केही गाऊँका मानिसहरु अझै पनि अन्धकारमा बस्न बाध्य छन् । कावेली कोरिडोरले विधुत विस्तार गर्ने भनेर विधुतको पोल राखेको ४ बर्ष वितिसक्दा समेत विधुत विस्तार नहुँदा चुरे क्षेत्रका बासिन्दाहरुले बर्षौं देखि अन्धकारमा बस्नु पर्ने समस्या हट्न सकेको छैन । इलाम जिल्लाको अधिक क्षेत्रमा विधुत विस्तार भइसकेको अवस्थामा झापाको सिमा नजिक रहेका गाऊँहरु भने अझै अन्धकारमा रहेका छन् । सक्नेले सानो तिनो सोलार राखेर बत्ती बाले पनि नसक्नेहरु त्यतिकै अन्धकारमा बस्न बाध्य हुनु परेको मारचेबुङ्ग गाउँका बासिन्दाले बताएका छन् । स्थानीय धनसिंह राईका अनुसार पोल टाँगेको धेरै भयो तर विधुत नजोडेकोले विपन्न परिवारहरु समस्यामा छन् । संचार प्रविधिको विकास राम्रो भइसक्दा समेत आधा किलो मिटर दक्षिण चपेटीसम्म आएको लाइन तान्न नसक्दा समस्या भएको बताउनु भयो ।

झापा र इलामको सिमा क्षेत्रमा पर्ने इलामको माङसेबुङ गाऊँपालिका वडा नं. ४ का ५ सय भन्दा धेरै घर परिवार अन्धकारमा रहेका छन् । सिमानामा कारण आयोजना या झापाबाट कहाँबाट विधुत विस्तार गर्ने भन्ने अन्योलका कारण धेरै बर्ष वितिसक्दा समेत विधुत विस्तार हुन नसकेको वडा नं. ४ का अध्यक्ष अमृतबहादुर राईले बताउनु भयो । राईका अनुसार झापा पट्टीले जोड्ने कि कोरिडोरले जोड्ने भन्ने दुविधाले अहिलेसम्म विधुत विस्तार हुन नसकेको बताउनु भयो । अध्यक्ष राइका अनुसार कहिले बत्ती बल्छ भनेर बारम्बार खाेजी गर्दा समेत सन्ताेषजनक जवाफ कतैबाट पाउन नसकेकाे उहाँले बताउनु भयाे ।

झापाले हेपेको इलामले नदेखेको भनेर गुसानो गर्ने चुरे क्षेत्रका बासिन्दाहरु अझै पनि सडक, खानेपानी र विधुतको पहुँच पुग्न नसक्दा समस्या रहेका छन् । गाऊँका अधिकांश विपन्न परिवारहरु अन्धकारमै बस्नु पर्दा धेरै समस्या भएको स्थानीय देऊकुमार राईले बताउनु भयो । राईका अनुसार मोबायल चार्ज गर्न समेत अर्को गाऊँ धाउनु पर्ने बताउनु भयो । काठ र टीनबाट बनेका अधिकांश गाउँका घरहरुको धुरीमा सोलार प्यानल राखिएका छन् । विपन्न परिवारहरु भने विधुत भएको गाऊँमा गएर मोवायल चार्ज गर्न बाध्य हुनु परेको छ ।

झापा र इलाम जोडिएको चुलाचुली र माङसेबुङ गाउँपालिकाको चुरे क्षेत्रमा अझै पनि सयाँै घर परिवार टुकीको भरमा बस्न बाध्य हुनु परेको छ । मोवायल चार्ज गर्न पनि अर्को गाऊँमा जानु पर्दा धेरै समस्या भएको स्थानीयले दुखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज ५७० संक्रमित, १९९३ निकाेः ६ जनाकाे मृत्यु
Next post नेपाल आज ४३७ संक्रमित, २४५४ निकाेः २ जनाकाे मृत्यु