ओलीलाई बिदा गर्छौँ ः डा. रिजाल

संसद् पुनर्स्थापना गरेरै छाड्छौँ

१३ पाैष २०७७, झापा– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कुनै पनि हालतमा प्रधानमन्त्री अाेलीलाइ बिदा गर्दै संसद् पुनर्स्थापना गरेरै छाड्ने बताउनु भएकाे छ । प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत विघठन गरेको संसद् पुनर्स्थापना गरेरै छाड्ने दमकमा गरिएकाे विराेध कार्याक्रमलाइ सम्बाेधन गर्दै ओलीले संविधानलाई भड्खालोमा पारेकाे दावी गर्नु भयाे ।

प्रधानमन्त्री ओलीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोध सभामा बोल्दै नेता रिजालले लोकतन्त्रमा विश्वास गर्नेले पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताउनु भयाे ।

प्रधानमन्त्री ओली संसद्को अधिकार हातमा लिएर हिटलरको बाटोमा हिँडेको उहाँकाे दाबी छ । यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेकाे छ ।

 

प्रतिनिधिसभाको विघटन भई बैशाख १७ र २७ मा निर्वाचन घोषणा भएपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णय बमोजिम आज देशका सबै निर्वाचन क्षेत्रमा केन्द्रित विरोध कार्यक्रम आयोजना गरेकाे जनाएकाे छ ।

 

विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत दर्जन धेरै केन्द्रिय स्तरका नेताले सम्बाेधन गरेका छन् । विराेधसभा हजाराैं कार्यकर्ताहरूकाे सहभागिता रहेकाे छ । अाज साँझपख मुख्य शहरमा राँके जुलुश समेत निकालिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज थप ६५९ जना संक्रमित, ७३१ डिस्चार्ज
Next post भ्रष्टचारकाे अभियाेगमा ठूला ठेकेदार र निर्माण व्यवसायी विरूद्ध मुद्धा दायर