झापामा आचार संहिता उल्लङ्घन हुँदै (फाेटाे फिचर सहित)

१२ बैशाख २०७९/डिकेश लामा
झापामा निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका मुख्य राजनैतिक दलहरुले नै आचारसंहिता विपरित निर्वाचनका गतिविधिहरु गर्न थालेका छन् । राजनैतिक दलहरुले उम्मेद्वारी दर्ताको शुरुको दिन देखि नै शक्ति पदर्शन गर्न भीड भेला गर्ने माइकिङ्ग गर्ने, सवारी साधानमा झण्डा तथा चुनाव चिन्ह बाँधेर जुलुस तथा र्याली प्रदर्शन गर्ने जस्ता कार्यहरु हुन थालेका छन् ।
निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ मा स्थानीय प्रसाशनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, वैठक तथा भेला गर्न नहुने र गर्नु परे कम्तिमा ७२ घण्टा अगावै प्रशासन तथा प्रहरीलाई जानकारी दिएको हुनु पर्ने भए पनि अधिकांश राजनैतिक दलले आचारसंहिताको पालना भने गरेका छैनन् ।


कतिपय स्थानमा मनोनयन दर्ता अगावै कोणसभा र भेलाहरु समेत हुन थालेका छन् । यता यस विषयमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुसली नेपालले भने अनुगमन समितिले काम गरिरहेको र आचरसंहिता उल्लंघन भएको क्षेत्रमा रोक्ने जस्ता कार्य समेत गर्न थालेको जानकारीि दिनु भएको छ ।


खासगरी सवारी साधानमा झण्डाको प्रयोग गर्न नमिल्ने भए पनि मनोनयन गर्ता गर्न जाँदा प्रयोग गर्न थालिएको छ । यस्तै आचार संहिता अनुगमन समितिको भोलि जिल्ला प्रशासन कार्यालयमा छलफल हुने भएको छ । जिल्लामा मनोनयनकै वेला धेरै स्थानमा आचार संहिता उल्लंघन भएको घटनाले निर्वाचनसम्म अझै बढ्ने र त्यसका कारण अशान्ति हुन सक्ने संम्भवना बढेको सामाजिक अगुवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३ संक्रमित, २५ निको
Next post मनोयन दर्तामा ढिलाईः गठबन्धनबाट साना दल बाहिरिए