नेपालमा आज २१ संक्रमित, १७ निको

१२ वैशाख २०७९,काठमाडौं–  नेपालमा पगत २४ घण्टामा २१ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार  ७ सय ७५ जनामा गरिएको नमूना परीक्षणमा २१  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १७  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ७१ जनामा झरेको छ । यो संख्या पछिल्लो दुइ दिन यता बढ्न थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मनोयन दर्तामा ढिलाईः गठबन्धनबाट साना दल बाहिरिए
Next post नेपालमा आज १० संक्रमित, १८ निको