कमलका निवर्तमान उपाध्यक्ष शिवाकाेटी वडा सदस्यमा पराजित

८ जेष्ठ २०७९, सारासन्देश समाचार–झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित भएका छन् । निवर्तमान उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी गाउँपालिका–६ को वडा सदस्यमा पराजित भएका हुन्। उहाँले १ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका सिवाकोटी जिल्ला समन्वय समितिमा प्रतिस्पर्धा गर्न वडा सदस्यमा उठ्नु भएकाे थियाे । ०७४ सालको स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको उपाध्यक्ष हुनु भएका उहाँले अहिले वडा सदस्यमै पराजय भाेग्नु परेकाे हाे ।

यद्यपि, गाउँपालिकाको सो वडाको अध्यक्षमा भने एमालेका उम्मेदवार नै विजयी भएका छन् । एमालेका नरेन्द्र भट्टराई एक हजार ७५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमकुमार राईले १ हजार ३ सय ६७ मत पाएका छन् । वडाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भए पनि निवर्तमान उपाध्यक्ष सिवाकोटी भने सदस्य पदमा भने पराजय व्यहाेर्नु पर्याे । पराजयसँगै उनी जिल्ला समन्वय समितिमा जानबाट रोकिएका छन् । सिवाकोटी सधैँ सत्तामा रहेका पात्रका रूपमा स्थानीयस्तरमा परिचित हुनु हुन्छ । उहाँ तत्कालीन लखनपुर गाविसको दुई कार्यकाल उपाध्यक्ष समेत भएका हुनु हुन्थ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहको स्थगित मत गणना भोलि देखि शुरु हुनेः झापामा अव ५ पालिकाे मत परिणाम अाउन बाँकी
Next post स्वतन्त्र उम्मेद्वारको नमूना उदाहरणः धरानका नवनिर्वाचित हर्क साम्पाङ्ग