झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजनः कुन पालिकामा कति?
१९ जेष्ठ २०७९, सारासन्देश– झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजन भएकाे छ । १५ वटा पालिकाकाका लागि संघीय सरकारले विभिन्न शिर्षकमा दिने अनुदानका आधारमा यो बजेट बिनियोजन भएको हो । यसमा सबै भन्दा बढी मेचिनगर नगरपालिकाको बजेट रहेको छ । मेचि नगरले कुल ८३ करोड ५८ लाख बजेट विभिन्न शिर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै सबै भन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैँया रहेको छ ।
यसै गरि झापाको अर्जुनधारा नगरपालिकाको ४९ करोड ४२ लाख रुपैँया बिनियोजन भएको छ । कन्काई नगरपालिकाको ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको ५० करोड ९७ लाख, दमक नगरपालिकाको ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको ७० करोड ७९ लाख बिनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको बजेट ५७ करोड १४ लाख रुपैँया बिनियोजन भएको छ ।
यस्तै गाउँपालिकाकाहरुमा कचनकवल गाउँपालिकाकालागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाकालागि ४७ करोड २४ लाख , गौरिगञ्ज गाउँपालिकाकालागि ३२ करोड ६९ लाख रुपैँया बजेट बिनियोजन भएको छ । यसै गरि झापा गाउँपाकिलाकालागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपाकिलाकालागि ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाकालागि ३९ करोड १५ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।
बिनियोजीत बजेटहरु न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, ससर्त अनुदान, समपुरक अनुदान र विषेश अनुदान गरि बर्गीकरण गरेर बिनियोजीत भएको हो । कार्य सम्पादनको आधारमा झापामा सबै भन्दा बढी गौरिगञ्ज गाउँपालिकाकाले प्राप्त गरेको छ । कार्य सम्पादन मार्फत मात्रै यो गाउँपाकिलामा ५९ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।
दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपयाँ कार्य सम्पादनका आधारमा थप बजेट पाएका छन् । यसैगरी पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे गृह नगर दमकमा नगरपालिकामा परेका केही ठूला याेजनाहरू समेत कटाैती भएका छन् । जसले गर्दा यस पटक दमकमा बजेट कटाैती भएकाे छ ।