
संचारकर्मीमाझ स्थानीय संचार नीतिबारे अन्तकृया
१७ असार २०७९, सारासन्देश समाचार
स्थानीय तहमा संचार नीति कस्तो हुनु पर्छ भन्ने विषयमा झापामा अन्तकृया कार्याक्रम शुरु गरिएको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारले दर्जन बढी विनियम र विधेयक बनाइसकेको अवस्थामा संचार क्षेत्रको विकासमा उल्लेख्य विकास नगरी उल्टो नियमन गर्न खोजिएकाल नीति बनाउँदा सवै संचारकर्मी सचेत हुनु पर्ने बताइएको छ ।
शिवसताक्षी नगरपालिकालको सहयोगमा आज झापाको दुधेमा भएको कार्याक्रममा नीति विधिसम्बत् र मुल संविधानको मर्म अनुरुप संचार क्षेत्रलाई अंकुश लगाउने नभई स्वतन्त्र भई चौथो अंगको रुपमा काम गर्ने वातावरण बनाउने खालको बनाउनु पर्ने सहभागी पत्रकारहरुले जोड दिएका छन् ।कार्याक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम्, झापा शाखाका अध्यक्ष एकराज गिरीले संचार नीतिले स्थानीय तहमा विज्ञानपन देखि सूचना प्राप्तीमा सहज वातावरण बनाउने कुरामा जोड दिनु पर्ने बताएका छन् । ५ दर्जन हाराहारीमा उपस्थित भएका जिल्लाका पत्रकारले संचार नीति संवैधानिक रुपमा भएको नीति र विनियम अनुसार बनाउनु पर्नेमा जोड दिएका छन् । केही पालिकामा पैसा लिएर पूर्व तयार गरेको नीति ल्याई पारित गर्न खोजेको भन्दै केही पत्रकारले त्यस्ता कार्य तत्काल रोकेर ठेकेदार प्रवृतिको अन्त्य गर्नु पर्ने अन्तकृयामा पत्रकारका नेतृत्वलाई माग समेत गरेका छन् । झापाको विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा पूर्व तयार गरिएको नीति माथि छलफल गरिएको सो पालिकामा कार्यरत पत्रकारले बताएका छन् । स्थानीय स्तरमा काम गर्ने पत्रकारलाई जानकारी विनै स्थानीय संचार नीति बनाउँदा प्रेश स्वतन्त्रता र व्यवसायिकता विपरित हुन सक्ने भन्दै नवनिर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृतले यस प्रति चासो दिनु पर्ने अन्तकृया संचारकर्मीले विषय उठाएका छन् ।
कार्याक्रमा संचार नीति बनाउने काममा कसैको इशारामा कपि पेष्ट गरेर काम गर्ने प्रवृति देखा पर्न थालेकाले यस तर्फ संचारकर्मी सवैले वेलैमा सचेत हुनु पर्नेमा कार्याक्रममा जोड दिइएको छ । जिल्ला अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रम सताक्षी प्रेश क्लवका अध्यक्ष सेलिङ्ग केसी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी संचारगृहकी अध्यक्ष भिमा शिवाकोटी, सल्लाहकार लिला अनमोल लगायतकाले संचार नीतिलाई श्रमजीवि पत्रकारको हितमा हुने गरी बनाउन पत्रकारका नेतृत्वलाई आग्रह गरेका छन् । पत्रकारले हरेर स्थानीय तहले संचार नीति बनाउँदा संचार क्षेत्रका जिम्मेवार निकायसँगको सहकार्यमा बनाउनु पर्ने समेत धारणा राखेका छन् ।