भूटानी शरणार्थी शिविर वेलडाँगीमा निशल्क कम्पुटर शिक्षाले सहज
२८ भदौ २०७९/डिकेश लामा
तेस्रो मुलुक पुगेका भूटानीको सहयोगमा भूटानी शरणार्थीमा खोलिएको कम्पुटर शिक्षालयमा विधार्थीहरुको आकर्षण बढेको छ । शरणार्थी दातृ निकायले हात निकाले पछि समस्यामा परेका बालबालिकालाई लक्षित गरी खोलिएको शिक्षालयले प्राविधिक शिक्षा लिन सहज भएको छ । अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसकेका बालबालिकालाई लक्षित गरी प्राविधिक शिक्षा दिन भूटानीको सहयोगमा एक महिना अघि भूटानी शरणार्थी शिविर वेलडाँगीमा शिक्षालय खोलियो । समस्यामा परेका बालबालिकाहरु यतिखेर धमाधम प्राविधिक कम्पुटर शिक्षा लिन पाउँदा खुशी बनेका छन् । बाहिर महँगाे शुल्क लाग्ने भएकाले अाफूहरूले तेस्राे मुलुक पुगेका भूटानीहरूबाट भएकाे सहयाेगमा निशुल्क कम्पुटर शिक्षा लिन पाउँदा अति खुशी लागेकाे स्थानीय समूदायबाट शिक्षा लिन अाउनु भएकी कक्षा १२ मा अध्ययनरत सन्ध्या बस्नेतले बताउनु भयाे । भूटानी अगुवाहरूकाे सहयाेगले पहिलाे पटक निशुल्क कम्पुटर कक्षा लिन पाउँदा धेरै सहज भएकाे बेलडाँगी शिविरबाट कक्षा लिँदै अाउनु भएका मनाेज गुरूङले बताउनु भयाे ।
भूटानी शरणार्थी महिला मञ्चको पुरानो भवनलाई मर्मत गरी शिक्षालय निर्माण गरी तेस्रो मुलुकमा रहेका भूटानीहरुले खोलेको संस्था पूण्य फाउण्डेशनले कक्षा संचालनमा सहयोग गर्दै आएको छ । १० वटा कम्पुटर राखेर शिक्षा दिन थाले पछि स्थानीय समूदायका विपन्न विधार्थीले समेत निशुल्क कम्पु्टर सिक्ने अवसर पाएको शिक्षक जिवन तामाङले बताउनु भयो । विहान देखि वेलुकासम्म गरी १ सय २० जना विधार्थीले पालो गरेर शिक्षा लिँदै आएका छन् । कम्पुटर शिक्षा प्रति आकर्षण बढ्दै गएकाले थप कम्पुटरको सहयोग आवश्यक रहेको कक्षा संचालनको संयोजन गर्दै आएको फेन्स क्लव भूटानका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो ।
शरणार्थीलाई रेखदेख गर्ने निकायले छाड्दै गए पछि शरणार्थी शिविरमा धेरै बालबालिका अभिभावकविहिन बन्दै गएका छन् । पढाइबाट समेत बन्चित हुने अवस्थामा पुगेका बालबालिकालाई लक्षित गरी थालिएको कम्पुटर शिक्षाले प्राविधिक ज्ञान लिन सहज भएको सहभागीहरुले बताएका छन् ।